महेन्द्रनगर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार गर्नेमध्ये एकजना मारिएका छन्।अर्का एकजनालाई पक्राउ गरेर हिरासत लगिएको अल्जजिराले जनाएको छ। इमरानका वरिष्ठ सहयोगी रउफ हसनले भनेका छन्, यो उहाँलाई मार्ने प्रयास थियो, हसनले भने। आज अपराह्न इमरानमाथि गोली प्रहार भएको थियो।
जियो न्यूजको रिपोर्ट अनुसार इमरानको दाहिने खुट्टामा तीन गोली लागेको छ। उनी घाइते भएका छन् र उनलाई तत्काल अस्पताल लगिएको छ। उनको अवस्था स्थिर रहेको छ। सत्तरी वर्षीय इमरान तत्काल चुनाव हुनुपर्ने माग गर्दै राजधानी इस्लामावादमा एउटा र्यालीको नेतृत्व गरिरहेका थिए। घटनामा इमरानका एक सांसद फैसल जावेद सहितचार जना समर्थक घाइते भएका छन्। गोली चलाउनेलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा गोली लागेर इमरान खानको पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ।
इमरानको पार्टीले पञ्जाबको वजिराबाद क्षेत्रमा आयोजना गरेको मार्चमाथि आक्रमण भएको थियो। पीटीआईका नेता तथा सांसद फैजल जाभेदले इमरान खानको खुट्टामा तीनदेखि चार पटक गोली लागेको जियो न्यूजलाई बताएका छन्। इमरानले अक्टोबर २८ मा शाहबाज शरीफ सरकारको राजीनामा र तत्काल आम निर्वाचनको माग गर्दै लङ मार्च सुरु गरेका थिए। यो लङ मार्चको शुरुवातदेखि नै विभिन्न कारणले महिला पत्रकारसहित तीन जनाको मृत्यु भइसकेको छ।

शुक्लाफाँटा खबर
5622 posts
Comments are closed.