दुई किलो चरेशसहित दार्चुलामा एक जना पक्राउ

महेन्द्रनगर । दार्चुलामा लागुऔषध (चरेश) सहित एक जना पक्राउ परेका छन् । मार्माबाट गोकुलेश्वरतर्फ जादै गरेको से १ ज ६१८ नम्बरको जीपमा सवार एक् युवकको साथबाट दुई किलोग्राम लागुऔषध (चरेश) फेला परेको हो । दार्चुलाको अपिहिमाल गाउँपालिका ५ लुम्थिका ४४ वर्षीय दानसिंह धामीको साथबाट झण्डै दुई किलोग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एबं सूचना अधिकारी राजेश शाहीले जानकारी दिए । उनका अनुसार धामीलाई लटिनाथ बजारबाट पक्राउ गरिएको थियो । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित

Comments are closed.