बझाङमा  अरिङ्गालले टोकेर बालकको  मृत्यु

महेन्द्रनगर । बझाङमा एक बालकलाई अरिङ्गालले टोकेर मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका–८ विस्खेतका नरेन्द्र जोशीका ७ वर्षीय छोरा किवांश जोशीको अरिङ्गालको टोकाइबाट बिहिबार मृत्यु भएको हो । भाइटीका मान्न माइतीघर डोटीको सायल गाउँपालिका ५ गुरेना गएकी आमा आरती जोशीसँगै मामाघर गएका उनलाई गत मंगलबार घर नजिकै अरिङ्गालले टोकेको बताइएको छ । अरिङ्गालको टोकाइबाट घाइते भएका उनलाई अस्पतालबाट सामान्य उपचारपछि घर पु¥याएको र बिहीबार मृत्यु भएको थलारा–८ का वडाध्यक्ष टीकाराज जोशीले बताए ।

सम्बन्धित

Comments are closed.