कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरमा ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । ट्याक्टर र मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुर बस्ने भुवन सिंह रानाको मृत्युु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताएका छन् ।

उनका अनुसार शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ पिपलाडी बस्ने श्रीकृष्ण रानाले चलाएको से १ त ९३८७ नम्बरको ट्याक्टर र भुवन सिंह रानाले चलाएको सुपप्र ०२००३ प २१४३ नम्बरको मोटरसाइकल आइतबार एकापसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक रानाको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सिंहले बताए ।

सम्बन्धित

Comments are closed.