पिताम्वर जोशीः एजेण्डामा मतदाता सहमत छन् परिणाम पनि आफ्नो पक्षमा आउँछ

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ को प्रदेशसभा (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका पिताम्बर जोशीले कञ्चनपुरको समग्र विकास निर्माण र निजि क्षेत्रको विकास, प्रवद्वनका साथै विस्तारका लागि लाग्ने बेरोजगार युवालाई रोजगार दिने निशुल्क स्वास्थ्य शिक्षाको व्यवस्था गर्ने सहित जनतामा गएको बताएका छन् । यो सँगै उनले चुनाव प्रचार अभियानलाई पनि तीव्रता दिएका छन् ।

प्रदेश सभा क्षेत्र नम्बर ३ (१) मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका टेकेन्द्र भट्ट, नेकपा एकीकृत समाजवादीका प्रकाश रावल, एमालेसँगको तालमेलमा राप्रपाका धर्मराज जोशी चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवार बनेका कञ्चनपुरका चर्चित व्यवसायी जोशीले आफ्ना एजेण्डामा मतदाता सहमत भएकाले चुनावी परिणाम पनि आफ्नो पक्षमा आउने दाबी गरे, ‘परिवर्तनको सम्बाहक सचेत र बौद्धिक जनता हुन यो कुरा नेपाल का उत्कृष्ट सहर धरान , काठमाडौ र धनगढी का बासिन्दाले देखाइ सकेका छन’ ।

उनले भने, ‘मैले देखेको छु हाम्रो महेन्द्रनगर पनि उत्कृष्ट बौद्धिकताको शहर हो त्यसैले हजुर हरुको आशिर्वाद पाउने आशमा रहेको छु’ मेरो लडाइ न कुनै नेतासँग हो न कुनै दलसँग मेरो लडाइँ हो बेरोजगारीसँग, किसानका अभावसँग , मेरो लडाइँ पछाडी पारिएका महिला दलित जनजाति को गुमेको आत्मसम्मानसँग हो त्यसैले म सबैको र सबै मेरा हुन् भन्ने भनाई लाई आत्म साथ गरेर निर्वाचनमा आएको बताए विगतका नेत्रृत्वले गरेको गल्तिलाई काउन्टर दिन विद्यमान नेपाली राजनीतिमा मौलाएको बेतिथिको अन्त्य गर्न तथा निर्बाचित भए पश्चात् पार्टीको नेताको निर्देशनमा कार्यकर्ताको पालपोषण गर्दै जनताको सेवा गर्न नसकिने अवस्थालाई मध्यनजर गरि मैले कञ्चनपुर ३ क बाट प्रदेश सभाका लागि उमेदवारी दिएको हुँ उनले भने, उनलाई काँग्रेसले धेरै पटक उम्मेदवारी फिर्ता लिन आग्रह गरेता पनि उनले उम्मेदवारी फिर्ता लिन चाहेनन ।

उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका स्वतन्त्र उम्मेदवार जोशीले चुनाव चिन्ह डल्फिन पाएपछि प्रचारप्रसार सुरु गरेका हुन् । उनले जनताको समृद्धि, रोजगारी सृजना, विकास, स्थानिय स्तरमा उत्पादित स्रोत र साधनको बजारीकरणका लागी आत्म निर्भर उधमशिल सामग्री उत्पादनका लागी र जनताको जीवनस्तरमा सुधार ल्याउने आफ्नो प्रमुख एजेण्डा रहेको बताए । आफू निर्वाचित भएमा ‘एक घर एक रोजगार’को अवधारणा अनुसार स्थानीय स्तरमा क्षमता अनुसारको रोजगारी सुनिश्चित गर्ने प्रतिबद्धता उनले जनाएका छन्। ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिने छ, ग्रामीण क्षेत्रमा पक्की सडक पु्रयाइने छ,’ उनले भने, स्थानीय उत्पादनसँग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकास, जनताको जीवनस्तर सुधारका लागि आयआर्जनका अवसरहरु र भष्ट्राचाररहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण जोशीका प्रमुख एजेण्डा हुन ।

बिचारको राजनिती भन्दा व्यक्तिको राजनिती भएको अवस्थामा पार्टीमा जुन बिस्वास विपीको समाजवाद पार्टीमा नरहेको अवस्थामा आफुले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवार दिएको बताए । हाल कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरी नगरपालिका–१० शिबनगरमा अमृत डिष्टिलरी र स्नेहा हर्बलको नाममाव्यापार व्यावसाय पनि संचालनमा आएका छन् । ती दुई उद्योगमा तीन सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् र नेपालको पश्चिमको अन्तिम जिल्ला कञ्चनपुरबाट उनको उत्पादन पूर्वको झापासम्म फैलिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.