महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले ३ किलो २९६ ग्राम लागु औषध (चरेस) सहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको विशेष प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी स्थित पैदल हिँड्दै गरेका दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ०९ दत्तलेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई पक्राउ गरेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
शङ्का लागी चेकजाँच गर्दा झोला भित्र सेतो र रातो प्लाष्टिकमा लुकाइछिपाई राखेको चरेस फेला पारेको उनले बताए । बोहरालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक शाहले जानकारी दिए ।