चीनमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने चीन सरकारले जनाएको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले राखेको चासोमा नेपालमा रहेको चिनियाँ दूतावासले सुरक्षाको ग्यारेन्टी लिने जनाएको हो ।
चिनियाँ दूतावासले शनिबार एक विज्ञप्ति निकालेर वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । यसअघि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिएको वुहानमा रहेका नेपाली विद्यार्थी फिर्ता ल्याउन माग गर्दै चीनलाई पत्र समेत पठाएको थियो ।
विज्ञप्तिमा नेपाल घुम्न आउन इच्छुक चिनियाँ नागरिकलाई कोरोना भाइरसबाट सचेत गराउने र नेपाल घुम्न प्रेरित गर्ने पनि उल्लेख छ ।