महेन्द्रनगर । समाजसेवी, युवा मनका ढुकढुकी विनय प्रकाश मल्लले अमरगढी नगरपालिका वडा नं.१ का जगत सिँह विष्टको थप उपचारका लागी नगद सहयोग गरेका छन् । अमरगढी नगरपालिका वडा नं.१ स्थित श्री लटेश्वर आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रहेका विष्ट यहि कार्तिक २३ गते आफनै खेत जोत्ने क्रममा हाते ट्रयाक्टर दुर्घटना भई घाईते भएका थिए । कैलाली स्थित मायामेट्रो अस्पतालमा थप उपचारको लागी पठाईएको थियो । मायामेट्रो अस्पतालमा पनि उपचार सम्भव नभए पछि थप उपचारको लागी काठमाण्डौ लगिएको छ । उनको उपचारमा समस्या भएपछि समाजसेवी मल्लले नगद दश हजार सहयोग गरेका हुन् । ट्रयाक्टर जोत्ने क्रममा पछाडी आएर विष्ट माथी ट्रयाक्टर चढेपछी उनको दुई वटै खुट्टमा चोट लागेको छ । थप उपचारका लागी काठमाण्डौ लगिएको तथा उपचारमा थुप्रै खर्च हुने देखिएकोले सामान्य पारिवारिक पृष्ठभुमी भएका बिष्ट आफैले उपचार खर्च धान्न नसक्ने हुदा उपचार खर्च जुटाउनको लागी आर्थिक संकलन अभियान पनि सुरु गरिएको स्वतन्त्र युवा संञ्जालका सुरत तमोली ले बताउनु भयो ।
उपचार खर्चका लागी धेरै पैसा लाग्ने देखिएकोले आफनै दाजुभाई सम्झेर सहयोग गरिदिनहुन अनुरोध गरिएको छ । सहयोगका लागी सुरत तमोलीको शिद्धार्थ बैँक डडेल्धुरामा रहेको खाता नं. ०३११७८४९४१० मा जति सकिन्छ त्यती जमा गर्न सकिने युवा समाजसेवी सुरत तमोलीले सामाजिक संञ्जाल मार्फ अनुरोध गरेका छन् ।
शुक्लाफाँटा खबर
6700 posts
Comments are closed.