स्वतन्त्र उम्मेदवार सिंहः चुनावी प्रचारप्रसारमा दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरे

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिहले कञ्चनपुरमा चुनावी प्रचारप्रसारमा बिभिन्न दलका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आफनो प्रंचार प्रसार गरिरहेको आरोप लगाएका छन् । अहिले जिल्लामा चुनाव प्रचार प्रसारका नाममा निर्वाचन आयोगले निर्धारित गरेको आचारसंहिता विपरित कार्यकर्ता लैजाने, बढी गाडीको प्रयोग गर्ने आयोगले तोकेको खर्च लागत भन्दा बढी खर्च गरेर चुनावी प्रचारप्रसार गरेको उनले बताए ।

‘गाँउगाँउमा अहिले पनि हेर्ने हो भने सयौको संख्यामा आफना कार्यकर्ताहरु लगेर आचारसंहिता विपरित कार्य गरेको छ’ । उनले भने, ‘एकैजनाले १० देखी बढी गाडीको प्रयोग गर्न कहाँबाट पाईन्छ ? उनले प्रश्न गरे, त्यो चुनावी खर्चको स्रोत केहो ? हरेक दिनको खर्च लाखौमा देखिएको अवस्थामा जिल्ला निर्वाचन कार्यालयले पनि उक्त विषयमा गम्भिर भएर लाग्नुपर्ने र छानविन गरिनु पर्ने देखिएको छ’ । अहिलेको खर्चको स्रोत केहो ? पटक पटक माननिय बनेर मन्त्री बनेर कमाउको पैसा नै होत स्रोत ? पटक पटक मन्त्री बन्ने उनले प्रश्न गरे, कार्यकर्ताहरुलाई अबैध रुपमा परिचालन गर्ने र आयोगले निर्धारण गरेको आचारसंहिता विपरित खर्च गरेको अवस्थामा पछि गएर यो खर्च असुल्नका लागी पनि भ्रष्टाचार गर्ने प्रवृती मौलाएर जाने उनले बताए ।

निर्वाचन आयोगले चुनावमा जुन खर्च निर्धारण गरिएको छ त्यो कार्यान्वयन गर्नका लागि हो या केहो ? जस्ले जसरी जे गरे पनि हुने, यो विषयलाई जिल्ला निर्वाचन आयोगले गम्भिताको साथमा हेरिदिन आग्रह गर्दछु उनले भने, अहिले पनि बिभिन्न ठाँउमा ग्राभेल आल्ने, विजुलीका पोल वितरण गर्ने चुनावमा मतदातालाई भ्रममा पारेर प्रभावित पार्ने योजनाका े साथमा गाँउगाँउमा काम गरिहेका छन् आचारसंहितालाई खल्तिमा हालेर चुनावी प्रचारमा लागेका यी दललाई सबै जनताले चिन्नु पर्ने उनले बताए । गाँउगाँउमा गएर आम जनतालाई बिभिन्न प्रलोभनमा पारेर मतदातालाई प्रभावित पार्ने चलखेल पनि बढेको उनले बताए ।

म विकास विरोधी होईन सबै टाँउमा विकास हो तर , मत दिने भन्दै अहिले क्षणिक विकास नहेर्नुहोस त्यो सबै खर्च तपाईको हो, राज्यको करबाट आएको विकासको खर्च हो, राज्यको ढुकुटी खर्च भई रहेको त्यो बुझन जरुरि छ आम जनताले, उनले सत्तामा जानका लागि दलहरुले बिभिन्न गठबन्धन गर्ने,राजनितीलाई कमाई खाने पेशा बनाएर राज्यको ढुकुटी समाप्त पार्ने योजना रहेको उनले बताए । नैतिकताका आधारमा पनि १० वर्ष पछि स्वतः छोडनुपर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.