विश्वकप फुटबल आईतवारबाट कतारमा सुरु हुँदै

महेन्द्रनगर । कतार विश्वकप फुटबल आज सुरु हुँदैछ। विश्वकपको २२ औँ संस्करणको उद्घाटन खेल आज सुरु हुन लागेको हो । ६० हजार दर्शक क्षमताको अल बायत रङ्गशालामा कतार विश्वकपको भव्य उद्घाटन हुन लागेको हो । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुँदैछ । उद्घाटन समारोहमा कोरियाली ब्यान्ड बीटीएस, बलिउड स्टार नोरा फतेह, अमेरिकन गायक लिल बेबी लगायतका स्थानीय कलाकारले प्रस्तुति दिनेछन्। यस पटकको विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ ।
हरेक समूहका शीर्ष दुई देश अघिल्लो चरणमा प्रेवेश गर्नेछन् । विश्वकपको विजेताले चार करोड २० लाख डलर पुरस्कार पाउनेछ भने उपविजेताले तीन करोड डलर पाउँदा तेस्रो हुनेले दुई करोड ७० लाख र चौंथो हुनेले दुई करोड ५० लाख डलर पाउनेछन् । विश्वकपका सबै खेल कतारमा बनेका आठ वटा रंगशालामा हुनेछन् । प्रतियोगिता ५ अर्ब मानिसले टेलिभिजनमा हेर्ने अनुमान गरिएको छ ।

 

सम्बन्धित

Comments are closed.