बाजुरामा सुरक्षाकर्मीले चलाएको गोली लागेर १ जनाको मृत्यु

महेन्द्रनगर । बाजुरामा मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको छ भने, अन्य आधा दर्जन स्थानिय घाईते भएका छन् । त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले एक जनाको मृत्यु भएको हो ।
वडाध्यक्ष जुद्धबहादुर ऐडीका अनुसार सोही ठाउँका सुरेन्द्र ऐडीको गोली लागेर मृत्यु भएको उनले बताए । यस्तै उनका अनुसार गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन् । घाइतेहरुको पहिचान हुन सकेको छैन् । घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर बाजुरा गएको छ । मतदान सकिने बेला विवाद भएपछि प्रहरीले गोली चलाएको थियो ।

सम्बन्धित

Comments are closed.