विनयको तितो सत्य विष्लेशणः सतप्रतिशत मिल्यो डडेल्धुरामा

महेन्द्रनगर । डडेल्धुरा अमरगढी नगरपालिका ४ का स्थानिय समाजसेवी युवा मनका ढुकढुकी, डडेल्धुराका आशाका केन्द्र विन्दु, दिन दुखीका सहयोगी युवा विनय प्रकाश मल्लले आज भन्दा ३० दिन अघी मात्रै डडेल्धुरा जिल्लामा हुने राजनिती उतार चडावलाई पहिले नै आँकलन गरेका थिए । उनले आईतवार सम्पनन भएको प्रदेश तथा प्रतिनिधी सभा निर्वाचनको डडेल्धुरामा हुने परिणामको पहिले नै अब के हुन्छ भनेर आफनो सामाजिक संजाल मार्फत लेखेका थिए जुन अहिले शतप्रतिशत मिल्न गएको छ ।

यस्तो थियो मल्लले गरेको तितो सत्य बिश्लेषण 

डडेल्धुरा क्षेत्र न. ख को प्रदेश निर्वाचनमा धेरै जना उमेदबार भएता पनि छोटकरीमा भन्नु पर्दा प्रतिष्पर्धा नेपाली काङ्ग्रेसका उमेदबार गोबिन्द राज बोहरा र स्वतन्त्र उमेदबार डा . तारा जोशीकै देखिन्छ । गोबिन्द राज बोहरा गणितीय हिसाबमा बलिया देखिएता पनि शेर बहादुर देउबा पछी बोहरा लाई डडेलधुराका काङ्गेसका दोस्रो स्तरका नेता भन्ने हरुले नेता स्वीकार गरे भने बिजय हुने सम्भावना अधिक छ । तर देउबा पछी बोहरा लाई जिल्लाको नेता स्वीकार गरेनन् भने भित्र भित्रै आफ्नै सहकर्मी हरुले बोहरा लाई धोका दिई डा . तारा जोशी लाई सहयोग गर्नेछन् र बोहराको बिजय यात्रमा अंकुस लाग्ने छ‘..! त्यसैले बोहरा लाई जीताउने की हराउने उनकै सहकर्मी को निर्णयमा पनि निर्भर रहेको देखिन्छ ।

सम्बन्धित

Comments are closed.