शुक्लाफाटा नगरपालिकामा १ दिने पशु स्वास्थ्य शिविर शनिवार सम्पन्न

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ मा १ दिने पशु स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ ।

पशु स्वास्थ्य शिविरमा स्थानीय जनताहरुले आफ्ना पशुपच्छीलाई उपचार गराएका छन् ।

स्वास्थ्य शिविरमा ८ सय ६६ पशुहरुलाई प्राथमिक उपचार, ४ ओटा पशुमा कृत्रिम गर्भाधान, १० ओटा गोरुलाइ बन्ध्याकरण, ९ बोकालाई बन्ध्याकरण, ७५ ओटा कुकुरलाई रेविज भ्याक्सिन र ६ सय ५० बाख्राहरुमा पीपीआर खोप लगाइएको शुक्लाफाटा नगरपालिका पशु स्वास्थय शाखा कार्यालयका प्रमुख राम प्रसाद भट्टले बताउनु भयो ।

शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ को वडा कार्यालयले आयोजना गरेको एक दिने पशु स्वास्थ्य शिविरको शुक्लाफाटा नगरपालिकाका प्रमुख दिल बहादुर ऐरले उद्धघाटन गर्नु भएको थियो भने वडा अध्यक्ष रमेश बहादुर ऐर सभापति रहनु भएको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.