वृन्द्धावन सामुदायिक वन उपभोक्ता समुहको १६ औ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन सम्पन्न

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर ९ सिसैया स्थित वृन्द्धावन सामुदायिक वन उपभोक्ता समुहको ११ सदस्यीय नया कार्य समिति शनिवार चयन गरीएको छ ।

१६ औ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन सम्पन्न भएपनि समिति गठन गर्न बाकी रहेकोमा आज शनिवार सहमतिबाटै समिति चयन गरीएको हो ।

सो नव गठित समितिमा अध्यक्ष जित बहादुर साउद चयन हुनु भएको छ भने उपाध्यक्षमा गोरे सुनार चयन हुनु भएको छ । त्यसैगरी सचिवमा माया शाही सिह, सहसचिवमा प्रकाश चौधरी, कोषाध्यक्षमा टेक बहादुर चौधरी, सदस्यहरुमा शान्ति ऐर, डोङला चौधरी, पवित्रा सुनार, उदय साउद, नारन्ती ऐर, धुम्मी डगौरा चयन भएका छन् ।

त्यसैगरी वृन्द्धावन सामुदायिक वन उपभोक्ता समुहको ५ सदस्यीय अनुगमन समिति चयन पनि चयन गरिएको छ । सो अनुगमन समितिका संयोजकमा दल बहादुर ऐर चयन हुनु भएको छ । यस्तै मोहनसिह ऐरको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरीएको छ ।

सम्बन्धित

Comments are closed.