यू–१९ राष्ट्रिय पुरुष क्रिकेटमा सुदूरपश्चिम विजयी

महेन्द्रनगर । यू–१९ राष्ट्रिय पुरुष क्रिकेटमा सुदूरपश्चिम प्रदेश विजयी बन्दै प्रतियोगिताको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो । लुम्बिनी प्रदेशले दिएको ९३ रनको लक्ष्य सुदूरपश्चिम प्रदेशले २१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सुदूरको लागि गजेन्द्र बोहोराले अविजित ३९ रन बनाए ।

दिपक बोहोराले २५ रन बनाए भने अनुराग सिंह २२ रनमा आउट भए । यस्तै अर्का दिपक बोहोरा शून्य रनमा आउट भए भने मिलन बोहोराले ६ रन बनाए। यता लुम्बिनीका लागि रमेश कुर्मी २ विकेट तथा निर्मल गुरुङ र अभिषेक गौतमले १÷१ विकेट विकेट लिए । त्यसअघि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले सुदूरका मिलन धामीको घातक बलिङमा २९.१ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीले ९२ रन मात्रै बनाउन सक्यो । लुम्बिनीको लागि आकाश त्रिपाटीले सर्वाधिक ३८ रन बनाए भने नर सार्कीले ११ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

सुदुरपश्चिमका लागि मिलन बोहोराले ९ ओभरमा १५ रन दिदै ५ विकेट लिए। हेमन्त धामी र नरेन साउदले समान २÷२ विकेट लिए । डिफेन्डिङ च्याम्पियन लुम्बिनी भने समूह चरणका ६ मध्ये ५ खेलमा विजयी भएर फाईनलमा पुगेको थियो । यस संस्करणको समूह चरणको भेटमा लुम्बिनी सुदुपश्चिमसँग १ सय रनले पराजित भएको थियो । कात्र्तिक ७ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशसहित ७ प्रदेशको सहभागिता रहेको थियो । उपाधिसँगै सुदूरपश्चिमले २ लाख नगद प्राप्त गर्यो भने उपविजेता लुम्बिनीले १ लाख नगदमा चित्त बुझाएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.