बाजुरामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

महेन्द्रनगर । बाजुरामा एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । स्वामिकार्तिक गाउँपालिका १ मुक्तिकोटकि एक सुत्केरी महिलाको १८ वर्षीय पवित्रा कडारालार्ई हेलिकप्टर मार्फत उद्धार गरिएको हो । पवित्रा कडारालाई सुत्केरी बेथा लागेपछी मंसिर २५ गते सामुदायिक इकाई स्वास्थ्य केन्द्र फयालगाँउमा ल्याएर भर्ना गरिएको थियो ।

तर उक्त स्वास्थ्य इकाई केन्द्रमा पवित्रा कडारा सुरक्षित प्रसूती गराउन नगकेपछी हेलिकप्टर मार्फत मंगलबार सुर्खेत पठाईएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बहादुर विष्टले बताए । हिजो अर्थात २६ गते उक्त स्वास्थ्य केन्द्रबाट रिफर गरिएको भएपनी आज मात्र राष्ट्रपती महिला उत्थान कार्यक्रम मार्फत उनको उद्धार गरिएको सहायक प्रमुख विष्टले जानकारी दिए ।

स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।

सम्बन्धित

Comments are closed.