महेन्द्रनगर । कैलालीको पर्यटकिय क्षेत्र घोडाघोडी तालमा अवलोकन तथा घुम्न आउने पर्यटकहरुको मोवाईल तथा नगद रकम लुटने गिरोह सक्रिय भएको छ । विश्व रामसार सूचीमा सूचीकृत जैविक विविधताले महत्वपूर्ण कैलालीको घोडाघोडी ताल क्षेत्रमा घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकको चोरहरूले मोबाइल तथा नगद लुटपाट गर्ने गरेका हुन् ।
चोरहरूले समुह बनाएर दिन ढाडै पर्यटकहरूको मोबाइल लुटपाट गरेर फरार हुने गरेका छन् । बुधवार साँझ ४ बजे मात्रै त्यहाँ घुम्न भएका घोडाघोडी नगरपालिका–१ जनकपुरका अरुण चौधरी र कैलाश चौधरीको मोबाइल र नगद अपरिचित समूहले लुटपाट गरेका छन् । भ्यु टावरमा उभिएर अवलोकन गर्ने क्रममा ५ जनाहरूको समूहले आफू सँग भएको रेड्मी कम्पनीको मोबाइल सेट र नगद ४ हजार ८ सय लुटपाट गरेको पीडित अरुण चौधरीले बताएका छन् । पर्यटकीय क्षेत्रमा दिन हाडै लुटपाट हुन थाले पछि आन्तरिक तथा बाह्य पर्यटकहरू असुरक्षित महसुस गर्न थालेका छन् ।
यता इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीले पर्यटकको सुरक्षाको लागी प्रहरी परिचालन गरेको बताएका छन् । बिहान ६ बजे देखी साँझ ६ बजे सम्म त्यहाँ प्रहरी हल्दारको नेतृत्वमा प्रहरी परिचालन हुने गरेको डिएसपी शाहीले बताए ।
Comments are closed.