हात्तीको बथानले शुक्लाफाटा नगरपालिकाका किसानले लगाएको अन्न बालीमा क्षति

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्र नजिकका बासिन्दाले लगाएको अन्न बालीमा जङ्गली हात्तीको बथानले व्यापक क्षति पु¥याउन थालेको छ ।

तीन दिनदेखि करीब २० ओटाको सख्यामा रहेको हात्तीको बथानले गहु, केराउ, मसुरो लगायतको बालीमा नोक्सान पु¥याएको हो ।

हात्तीको बथान रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पु¥याउदै आएको छ । शुक्लाफाटा नगरपालिका–८ मा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहु लगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताउनु भयो ।

सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजाली समेत हात्तीको बथानले चुँडालेको छ । हात्तीको बथान साँझ नपर्दै नजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति पु¥याउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन् ।

खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएको स्थानीयवासी बिन्ता जागरीले बताउनु भयो । वर्षातका बेलासमेत सो क्षेत्रमा हात्तीको बथानले धान बालीमा व्यापक नोक्सानी गरेका थियो ।

हात्तीलगायतका जनावरले खेतमा लगाएको बालीमा नोक्सानी पु¥याउदै आएपछि स्थानीय किसान साझ–बिहानको छाक टार्नकै लागि भारतमा मजदूरी गर्न जान बाध्य भएका छन् ।

हात्तीको बथानले शुक्लाफाटा नगरपालिकाको वडा–७ को सिमलफँटा लगायतका किसानले लगाएको गहु बालीमा समेत क्षति गरेको छ ।

हात्तीको बथानले प्रतिवर्ष नगरपालिकाका वडा नं १, २, ३, ४, ५, ७, ८ र १२ का किसानले लगाएको धान, गहु, उखु र केरा लगायतको बालीमा क्षति पु¥याउने गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.