महेन्द्रनगर । मंसिर १३ गते चक्कुले घाँटी रेटेर बैतडीकी माया लुहार हत्याका आरोपित शिवनाथ गाउँपालिका–४ सोलपाला भरतराम कोली पुर्पक्षका लागि करागार चलान भएका छन् । पञ्चेश्वर गाउँपालिका ४ फ्याउलेकी मायाको हत्या आरोपित कोलीलाई जिल्ला अदालत बैतडीले कारगार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।
प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयमा पौष ५ गते मुद्दा बुझाएको थियो । २१ बर्षीया मायाको सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीले मंसिर १३ गते चक्कुले घाँटी रेटेर हत्या गरेका थिए भने मायाकी भदै १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएका थिए । घटना लगत्तै फरार रहेका कोलीलाई मंसिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरिएको थियो ।
उनले माया लुहारको हत्या गरेको स्वीकार गरेका थिए । उनीमाथि कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो ।