महेन्द्रनगर । समाजसेवी, युवा मनका ढुकढुकी, डडेल्धुराका आशाका केन्द्रविन्दु विनय प्रकाश मल्लले पहाड घर डडेल्धुरामा र हाल कञ्चनपुरको भीमदत्त नगरपालिकामा १८ मा बसोबास गरिरहेका एकल महिलाहरुलाई खाद्यन्न सहयोग गरेका छन् । तल्लो गोवरियामा बस्ने लक्ष्मी दमाई र विश्ना लुहारालार्ई खानको लागी समस्या भएको छ ,भन्ने जानकारी पाए पछि डडेल्धुराका महिलाहरु भन्ने नाम सुन्नासाथ मल्लले तुरुन्तै उनिहरुको बारेमा चासो लिएका थिए ।
यो चिशोमा उनिहरुलाई खानाको समस्या भएको छ भनेर मल्लले थाहा पाएपछि उनले ति महिलाहरुलाई चामल, दाल, नुन, तेल, आटा, तरकारी लगायतका खाद्यन्न सामग्रीहरु सहयोग गरेका छन् । हाल जापानमा रहेका मल्लको घर डडेल्धुराको अमरगढी नगरपालिका ४ तल्लो खलंगामा रहेको छ । आफुलाई डडेल्धुराका स्थानिय भन्ने बित्तिकै भित्रैदेखी भावनात्मक नाता तथा सम्बन्धले गर्दा कुनै पनि दुखमा परेको हेर्न नसक्ने भएकाले सधै आफुले सक्ने सहयोग र साथ दिने बताए ।
झन बढी त दिनदुखी, गरिव असाहय,एकल महिलाहरुको दुख, पिडा देख्न नसक्ने भएकाले जिल्लामा मात्र होईन जिल्ला भन्दा बाहिर रहेका डडेल्धुराका जनताहरुलाई पनि आफुले माया गर्ने गरेको उनको प्रतिक्रिया रहेको छ । विनय प्रकाश मल्लले विगत ८ वर्षदेखी डडेल्धुराका बिभिन्न क्षेत्रमा रहेको दिनदुखीलाई राहत, स्वास्थ्यउपचार, शिक्षा, बिधालयमा शैक्षिक सामग्री, पढनबाट बञ्चित भएका बालबालिकाहरुलाई शैक्षिक सामग्री, बिधालय पोशाक, मठमन्दिर निर्माण, तथा कला संस्कृतिहरुलाई जेगर्ना गर्नका लगि पनि साथ र सहयोग गर्दै आईरहेका छन् । आफुहरुले खाद्यन्न पाएपछि धेरै खुसी लागेको उनिहरुले बताएका छन् ।
आफुहरुले जनप्रतिनिधीहरुलाई बारम्बार भन्दा पनि कुनै सुनुवाई नभएको र अहिले विनयले एकै पटकमा समस्या सुन्नासाथ सहयोग गरेका प्रती नमन गरेका छन् । ती महिलाहरुसँग अहिले परिवारका कोही पनि सदस्यहरु नभएको अवस्थामा कष्टकर जिवन निर्वाह गरिरहेको मल्लले थाहा पाएपछि उनीहरुलाई खाद्यन्न सहयोग गरिएको हो ।
Comments are closed.