कैलालीको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन

महेन्द्रनगर । कैलालीको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान मेसिन संचालनमा आएको छ । आईतवार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवाको उद्घाटन गरेका छन् । एक कार्यक्रमका बिच मुख्यमन्त्री भट्टले सिटी स्क्यानको उद्घाटन गरेका हुन् । प्रदेश सरकारको विनियोजन बजेटबाट अस्पतालमा मेशिन जडान गरिएको थियो ।

सेतीमा सिटी स्क्यान सेवा नहुँदा बिरामीलाई महँगो शुल्क तिरेर निजी अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो । अब त्यो समस्या हट्ने विश्वास व्यक्त गरिएको छ । भारतका बिभिन्न स्थानमा तथा निजी अस्पतालमा चर्काै मुल्य तिरेर उपचार गर्नु पर्ने समस्या पनि हटने उनले बताए ।

 

सम्बन्धित

Comments are closed.