अख्तियारमा दार्चुलाका ८० उजुरी

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरमा दार्चुला जिल्लाका ८० ओटा उजुरी परेका छन् । आयोगले शनिवार दार्चुलामा गरेको ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी जिल्ला स्तरिय अन्तरक्रिया कार्यक्रममा जिल्लाका ८० ओटा उजुरी अख्तियारमा परेको जनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कन्चनपुरका सूचना अधिकारी नारायण प्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्दै गत आर्थिक वर्षका जिम्मेवारी सरी आएका र चालू आर्थिक वर्षको पुस पहिलो हप्तासम्म दार्चुलाका ८० उजुरी दर्ता भएको बताए । अख्तियारमा पर्ने उजुरीमध्ये अधिकांश स्थानीय तहका छन् । स्थानीय तहका मात्रै ३३ उजुरी परेको उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.