सरकारले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने भएको छ । आउदो फागुन भित्र सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामाबाट स्वास्थ्य बिमा कार्यक्रम गर्ने स्वास्थ्य बिमा बोर्ड काठमाण्डौले सोमवार कैलालीको धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
२०७२ चैत २५ गतेदेखि नेपाल सरकारले कैलालीबाट सुरु गरेको स्वास्थ्य बीमाको कार्यक्रम अन्तरगत सुदूरपश्चिम प्रदेशमा डडेलधुरा र डोटी बाहेक अरु जिल्लामा यो कार्यक्रम सञ्चालन भईरहेको छ ।
नेपालको जनगणना २०६८ अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत कैलालीमा सबैभन्दा बढी १ लाख ३९ हजार ८ सय २० जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बिमा बोर्ड सुदुर पश्चिम प्रदेश कार्यलयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार सबैभन्दा कम दार्चुलामा ६ हजार जनाले स्वास्थ्य बीमा गराएका छन ।
त्यस्तै बझाङमा ३० हजार ४ सय ५० ,बाजुरामा २६ हजार ६ सय ५०, अछाममा २७ हजार, बैतडीमा १३ हजार र कन्चनपुरमा १० हजार ७९ जनाले स्वास्थ्य बीमा गराएको सुदूरपश्चिम प्रदेशका स्वास्थ्य बीमा कार्यक्रम संयोजक जनक बहादुर साउँदले बताउनुभयो ।
Comments are closed.