मन्दिरका घण्टी चोरीको आरोपमा कञ्चनपुरमा दुई भारतीय पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा मन्दिरका घण्टी चोरीको आरोपमा दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । दोधारा चाँदनी नगरपालिका वडा नम्बर १ मा मन्दिरका घण्टी चोरेको आरोपमा भारतका उद्यमसिंह नगरका अन्दाजी १८ वर्षका आरिफ अन्सारी र २४ वर्षका बब्लु अव्वासीलाई प्रहरीले पक्राउ गरेको हो ।

साना र मध्यम २७ थान मन्दिरमा चढाएको घण्टी चोरी गरेको आरोपमा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले मन्दिरमा चढाएको घण्टी चोरिरहेको भन्दै इलाका प्रहरी कार्यालय दोधारा चाँदनीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक अर्जुनसिंह साउँदको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरि अनुसन्धान थालेको छ । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा कबाड खरिद गर्ने निहुँमा भारतीयले स्थानीयलाई ठग्दै आएको स्थानीयको भनाइ रहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.