वेदकोटमा ३ सय ९० पशुको शिविरमा उपचार

महेन्द्रनगर । वेदकोट नगपालिका ४ बैतोडामा शुक्रवार पशु स्वास्थ्य शिविरको आयोजना गरिएको छ । वेदकोट नगरपालिकाको आयोजना तथा पशु सेवा शाखाको सहयोगमा उक्त शिविरको आयोजना गरिएको थियो किसानहरुले पालेका गाई भैसी, कुखुरा, भेडा बाख्रा सुंगुर लगायतका पशु चौपायाहरुलाई देखिने आन्तरिक तथा बाह्य बिरामी समस्यालाई उपचार गरिएको पशु सेवा शाखा प्रमुख तथा भेटेरेनेरी अधिकृत तर्कराज भट्टले जानकारी दिएका छन् ।

पशुहरुमा देखिने आन्तरिक तथा बाह्य परिजिवी को समस्या, बाँजोपन, दुध कम दिने, दुब्लाउने, लगायतका समस्याहरुको उपचार तथा सेवा प्रदान गरिएको उनले बताए । उक्त शिविरबाट ३ सय ९० वटा पशुहरुले सेवा लिएको उनले बताए । कार्यक्रमको अध्यक्षमा वडा नम्वर ४ कावडा अध्यक्ष नरेन्द्र बोहरा रहेका थिए भने, प्रमुख अतिथीमा नगर उपप्रमुख तुलसी जोशी रहेकी थिईन् । उक्त कार्यक्रमको संचालकमा पशु सेवा शाखा प्रमुख तथा भेटेरेनेरी अधिकृत तर्कराज भट्ट रहेका थिए ।

सम्बन्धित

Comments are closed.