‘अब लालपूर्जा नहेरी मरिन्छ जस्तो छ’

महेन्द्रनगर । शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित भएका लालझाडी गाँउपालिका ६ ढक्का शिविरमा बस्ने कमलसिंह पाली अहिले ७० वर्षका भए, जुन बेला उनि साबिकको रौतेली बिचुवाबाट २०५८ माघ १४ गते सरकारले शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट उठाएको थियो त्यो बेलामा उनको उमेर ४६ वर्ष थिया,े अब आउने माघ १४ गते उनि लगायत अन्य विश्थापितहरुलाई हटाएको २१ वर्ष पुरा भएर २२ वर्षमा लाग्दैछ ।

‘दिन गयो, हप्ता गयो, महिना गयो, अहिले आएर २१ वर्ष पनि गयो तर अहिले सम्म आफुहरुले दुखको बदलामा दुख मात्रै पाए सुख कहिले पाएन’ उनले भने, । ‘यो चिशोमा राम्ररी बस्नका लागि व्यवस्था पनि छैन प्लाष्टिकको छानोमा सित तपतप खस्छ चिशो हुन्छ’ । २१ वर्षसम्म बिभिन्न सरकारहरु परिवर्तन भए सबैले ठगेका हामी गरिब जनताको आवाज सुन्ने सरकार अहिले सम्म आएन अब लालपूर्जा नहेरी मरिने बेला आउछ जस्तो छ । रौतेली त्यो बेलामा डेढ बिगाह जमिन थियो अहिले ५ कट्टाको कागज छ अब कागज मात्रै छ तर लालपूर्जा सरकारले कहिले दिने हो त्यो थाहा भएन उनी भन्छन् ।

यो पालीको चुनावमा पनि नेताहरुले आश्वासनका मिठा शब्द दिएर गएका छन् मलाई थाहा छ ति सबै शब्दहरु कानको लागि राम्रा हुन व्यवहारमा लागु हुने भए मेरो हातमा अहिले लालपूर्जा हुने थियो, सबै आरक्ष पिडितहरुले अहिले खुसी साथ आफनो हातमा लालपूर्जा देखाँउथे, अब हाम्रो समस्या सुनिदिने निकायपनि धेरै छन भनेर थाहा पाएको छु, यो समस्या कहाँनिर गएर रोकिएको छ थाहा भएन म बुढो अहिले यही आशामा बसेको छु एक दिन मैले पनि आफनो नामको लालपूर्जा पाउने छु । २०५८ सालमा आरक्ष विस्तार गर्दा विस्थापित गराएका पीडितहरुको अहिलेसम्म पूर्नस्थापना नहुँदा पीडित खुला आकासमुनी बस्न बाध्य छन् ।

दल र कर्मचारीतन्त्रका कारण आफुहरुको मानव भएपनि दानवको जस्तो जिवन भएको पीडितहरुको गुनासो छ । पूर्नस्थाना नहुँदा उनीहरु ढक्का लगायत विभिन्न शिबिरमा बस्दै आएका छन् । शिविरमा बसोबास गर्दै आएका पीडित दैनिक ज्यालादारी, मजदुरी गरेर गुजारा चलाउने गरेका छन् । थोरै रहेको जग्गामा खेतीपाती गर्दा वन्यजन्तुले सखाप पार्ने गरेको उनले बताए । ‘पहिले आरक्षले हामीलाई दुःख दियो’, उनले दुखोसे पोखे, अहिले निकुञ्जका वन्यजन्तुले खेतमा नोक्सान गरेर दुःख दिइरहेका छन् । निकुञ्ज किनारमै शिविर भएकाले दिउँसै पनि वन्यजन्तु आएर खेतीपातीमा नोक्शान गर्ने गरेको उनले बताए ।

‘यस्तो दुःख हुँदा पनि सरकारबाट कुनै सुविधा पाइएको छैन ।’ शिक्षा, स्वास्थ्य लगायत आधारभूत आवश्यकताबाट पनि आफूहरू बञ्चित रहेको पालीले बताए । निकुञ्ज किनारमा रहेको ढक्का शिविरका झुपडी जंगली जनावरबाट पनि सुरक्षित छैन् । हरेक वर्ष जंगली हात्ती शिविरमा पसेर उपद्रो मच्चाउने गरेका छन् । यसैगरी, चरम गरिबीबाट गुज्रिरहेका शिविरवासीले आफना नानीबाबुहरूलाई स्कुलसमेत पठाउन सकेका छैनन् ।‘आयआर्जनको स्रोत केही छैन । ज्यालादारी गरेर कमाएपनि दुई छाक टार्न पनि पुग्दैन’ ।

सम्बन्धित

Comments are closed.