पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तिवारीलाई मातृ शोक

महेन्द्रनगर। नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तथा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकका प्रकाशकरसम्पादक लक्ष्मण तिवारीलाई मातृ शोक परेको छ। पत्रकार तिवारीकी ५८ वर्षीय आमा सोममतीको मंगलबार राति करिब साढे ९ बजेतिर अमेरिकामा निधन भएको हो।
कान्छो छोरा आनन्दलाई भेट्नका लागि बुवा रामसिंह र आमा सोममती सोमबार अमेरिका उडेका थिए। त्यहाँस्थित एयरपोर्टमा झरेपछि आमा सोममतीलाई अचानक हृदयघात हुँदा निधन भएको परिवारका सदस्यले बताए।
कान्छो छोरा आनन्दको बिहेको तयारी भइरहेको र बैबाहिक कार्यक्रममा सहभागी हुन बुवाआमा त्यता प्रस्थान गरेका थिए। पत्रकार तिवारीलाई परेको मातृ वियोगमा सञ्चार सम्बद्ध विभिन्न संघ–संस्थाहरुले दुःख व्यक्त गरेका छन्।

सम्बन्धित

Comments are closed.