प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल वेदकोट धामको प्राकृतिक सुन्दरतालाई बिर्गान खोजिएको भन्दै चिन्ता व्यक्त

कञ्चनपुरको वेदकोट नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल वेदकोट धामको प्राकृतिक सुन्दरतालाई बिर्गान खोजिएको भन्दै चिन्ता व्यक्त गरीएको छ ।

विभिन्न संरचना निर्माणका नाममा धामको प्राकृतिक सुन्दरतालाई बिर्गान खोजिएको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले विकासका नाममा वेदकोट धामको प्राकृतिक सुन्दरता बिग्रिदा समेत संरक्षणकर्मीहरुले चासो नदेखाउनु दुखद भएको बताएका छन् ।

यद्यपि स्थानीय सरकारले सो स्थानमा आउने पर्यटकको संख्यामा वृद्धि गर्नै भन्दै विभिन्न भौतिक संरचना बनाएपनि ती संरचना निर्माण गर्दा प्राकृतिक सुन्दरता र वातावरणीय पक्षलाई वेवास्ता गरीएको कतिपयले बताएका छन् । यसैविच वेदकोट धाममा प्रत्येक वर्ष लाग्ने गरेको जात्रा यस वर्ष पनि धुमधामका साथ सम्पन्न भएको छ ।

सोमवार रातभर भजन किर्तन तथा आराधाना गरी आज मंगलवार बिहानै स्नान गरी पुजाआजा गरीएको वेदकोट धामको दर्शन गरी फर्र्किएका दर्शनार्थीहरुले बताएका छन् ।

उनीहरुले वेदकोट धाममा पुजाआजा र आराधाना गर्नाले मनोआकांक्षा पुरा हुने गरेको बताएका छन् । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण वेदकोट धाममा पुजाआजा तथा स्नान गर्नाले विभिन्न रोगव्याधीबाट मुक्ति पाइने जनविश्वास रहेको छ ।

वेदकोट धाममा दर्शन गर्न कैलाली, कञ्चनपुरका विभिन्न स्थानबाट दर्शनार्थीहरु पुग्ने गरेका छन् । वेदकोट धामको विकास र संरक्षणका लागि गठित समिति र नगरपालिकाले काम गरी रहेको वेदकोट नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्ष तिलक बहादुर ठकुल्लाले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.