सुदूरपश्चिम प्रदेशमा जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी स्थापना हुने भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको जडीवुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड काठमाडौं र सुदुरपश्चिम प्रदेश सरकार बिच जडिबुटी कम्पनी स्थापना समबन्धि बुधवार काठमाडौंमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
समझदारी प्रत्रमा सुदुरपश्चिम प्रदेश उद्योग पर्यटन बन तथा बातावरण मन्त्रालयका सचिव डा दिपक राज खराल र जडिबुटी उत्पादन तथा प्रशोधन कम्मपनी लिमिटेडका महा–प्रवन्धक ज्ञानेन्द्र बहादुर कार्कीले हस्ताक्षर गर्नु भएको हो ।
कम्पनी स्थापना र संचालनका लागी आवश्यक पुजीको धिकतम शेयर सुदुरपश्चिम सरकारको रहने र राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरको निजी कम्पनीको सहभातीमा नयाँ कम्पनी गठन गर्ने पनि समझदारी भएको छ ।
कम्पनीको मुख्य कार्यालय कञ्चनपुरमा स्थापना हुनेछ भने प्रत्येक जिल्लामा त्यसका ईकाइहरु स्थापना गरीने मन्त्रालयले जनाएको छ ।