कैलालीको धनगढी उप–महानगरपालिकाका १८ वटा सामुदायीक विद्यालयमा स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम सुरु हुने भएको छ ।
बुधवार नेपाल सरकार स्वास्थ्य सेवा बिभाग सामाजिक शुरक्षा माहाशाखा, धनगढी उप–महानगरपालिका र सम्वन्धीत विद्यालय बिच स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालनका लागि सम्झौता भएको छ । विद्यालय स्वास्थ्य समन्वय समितिका संयोजक सुशीला मिश्र भट्टले स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम अन्तरगत विद्यालयमा स्टाफनर्स भर्ना गरिने बताउनु भयो ।
स्टाफनर्सले विद्यालयमा प्रजनन् स्वास्थ्य तथा सरसफाईका बारेमा विद्यार्थीलाई सिकाउने बताउदै संयोजक भट्टले यसले महिनाबारी सरसफाईका बारेमा समेत छात्राहरुले थाहा पाउने बताउनु भयो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर ओडले पहिलो चरणमा धनगढीका १८ वटा माध्यमिक तहका विद्यालयमा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रम संचालन गरिएको भएपनि बाँकीमा चाँडै कार्यक्रम थप गरिने बताउनु भयो । उहाले पहिलो चरणमा छात्राहरुको संख्या बढी भएका विद्यालयहरु छनौटमा परेका बताउनु भयो ।
नगरप्रमुख ओडले यस कार्यक्रमका बारेमा छनौटमा परेका विद्यालयका प्रधानाध्यापकहरु संग समेत छलफल गरिएको बताउनु भयो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद सापकोटाले धनगढीमा २६ वटा माध्यमिक विद्यालय रहेको जानकारी दिदै पहिलो चरणमा स्वास्थ्य तथा नर्सिङ्ग सेवा कार्यक्रम नगरेकालाई चाँडै कार्यक्रमका लागि समेटिने बताउनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत सापकोटाले धनगढीको कुशल ब्यबस्थापनका कारण यती ठूलो संख्यामा स्वास्थ्य तथा नसिङ्ग सेवा कार्यक्रमको कोटा प्राप्ती भएको दाबी गर्नु भयो ।
Comments are closed.