समाजले देखेको बिनय प्रकाश मल्ल

महेन्द्रनगर । डडेल्धुराका समाजसेवी युवा मनका ढुकढुकी डडेल्धुराका दिन दुखी गरिव विपन्न दलित एकल महिला अनाथ वालवालिकाका आँखाका तारा विनय प्रकाश मल्ल र म कक्षा १ देखी १० कक्षा सम्मसँगै अध्ययन गरेको हो। डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगामा जन्मिएका उनी सानै देखी मिलनशार मिहिनेती थिए । धेरै मिहिनेत गरेर सरकारी जागिर खाएका उनले पछि उक्त जागिर छोडेर जापानमा गए यो बिचमा उनले खाएका दुख गरेको संघर्षलाई बयान गर्न म सँग शब्द नै छैन् ।

जापान गएर पनि उनले धेरै दुख गरे कडा परिश्रम गरेर आफुलाई योग्य बनाए । आफुले कमाएको केही अंश डडेल्धुराको लागि नै खर्च गर्दै आएका छन् । उनले गरेको कार्यको प्रशंसा स्थानियले मन खोलेर गर्दछन् । धेरै युवाहरु उनले देखाएको बाटोमा हिँडि रहेका छन् । अहिले पनि विपन्न गरिब दलितका छोराछोरीलाई आफनो खर्चमा जापानमा लैजाने गरिरहेका छन् ।

यस्तो मनकारी युवा समाजसेवीलाई बिभिन्न चरणमा कमजोर तुल्याउनको लागि बिभिन्न योजनाहरु पनि नभएका होईनन तर पनि अडिग रहेका मल्लले आफनो लक्ष्य, उदेश्यलाई आफनो काँधमा राखेर कर्म गरिरहेका छन् । उनको मन भाच्न, उनलाई तोडन धेरै तत्वहरु सक्रिय भए तर पनि उनले आफनो जन्म भुमिको लागि दिन दुखी गरिब, दलित एकल बालबालिका विकास स्वास्थ्य शिक्षा सबैमा उनले सहयोग गर्दै आएका छन् र स्थानियहरुले सम्मान गर्दै आएका छन् ।

उनिबाट हामी समाजसेवी जनताको दुखमा मलहम लगाउने व्यक्तीले पनि केही कुरा सिक्ने हो की जस्तो लाग्छ ।उनले भर्खर मात्रै सामाजिक संजालमा ‘सुर्य पनि एउटै छ तर संसारलाई उज्यालो दिएको छ’ भनेर लेख लेखेका छन् । हो उनि एउटा त्यो सुर्य हो जस्ले अन्धकारलाई चिरेर उज्यालो तर्फ सकारात्मक परिवर्तन को आभाष दिलाउने काम गरेका छन् । न्यानो घामको किरण छरेर नयाँ जिवनको आभाष दिलाएका छन् । जिल्लामा रहेको बिभिन्न समस्यामा परेका दलित, गरिव, अनाथ बालबालिका, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा अन्य थुप्रै कार्यमा आफनो पसिना मेहनेत गरेर कमाएको केही अंश खर्च गरेर उनिहरुको समस्यामा आफुले समाधान गर्ने प्रयत्न गरेका छन् ।

उनले कुनै पनि डडेल्धुराका महिला पुरुष बालबालिका जो कोहीपनि समस्यामा परेको सुन्ना साथ केही न केही सहयोग गर्दै आएका छन् त्यती मात्रै होईन डडेल्धुराका स्थानिय अन्यत्र जिल्लामा पनि समस्यामा परेको थाहा पाउँना साथ उनले विदेश बाटै सहयोग गरेका छन् । जतीलाई उनलाई सहयोग गरेका छन सबैले उनलाई आर्शिवाद दिउका छन् मन मुटुमा राखेका छन् र कतिपय ठाँउमा उनलाई देशका नेता तथा जनप्रतिनिधी भन्दा बढी खोजि गरिएको पनि पाईएको छ । केही समस्या हुँदा विनय छदै छनी के को चिन्ता भन्ने सम्म भनिएको पाईएको डडेल्धुराका स्थानियको भनाई रहेको छ ।

जिल्लालाई आवस्यक पर्ने यस्ता होनहार युवालाई हामी सबैले आफनो आँखामा राख्नु पर्ने त्यँहाका स्थानियले आभाष गरेका छन् । आफनो समस्यामा पहिलो नाम भनेकै मल्ल पर्ने गरेको कतिपय पालिकाका दिनदुखी गरिब दलितहरुले भन्ने गरेका छन् । यस्तो दुरदृष्टि भएका आफनो जन्म भुमी प्रती प्रगाडा माया, सदभाव, सम्मान बोकेको एउटा युवालाई सबैले साथ र सहयोग गर्नु पर्ने अवस्था रहेको छ । विनय मल्लले त्यही पोष्टमा सामाजिक संजालमा लेखेका छन् डडेल्धुरामा बिनय प्रकाश मल्ल बाट खतरा छ भन्दै बिनय प्रकाश मल्लको टिमलाई फुटाउनु नै पर्छ र बिनय प्रकाश मल्ल लाई एक्लो बनाउनु पर्छ अनी गरिब अनाथ पिछिडिएको बर्ग आदी हरुलाई पनि सहयोग गर्न दिनु हुन्न भन्दै योजना बनाउँदै मरिहत्ते गरि लाग्ने महाशायहरु लाई मेरो अनुरोध छ “ नत्र मैले आउँनु छिटो तपाई हरुले टिम फुटाउँनु र मलाई एक्लो बनाउँनु ढीलो होला‘।” भनेर पोष्ट गरेको यो लेखमा धेरै स्थानियले साथ दिएका छन् । उनको साथमा रहेको कमेन्ट पोष्ट गरेका छन् ।

एउटा गरिव परिवारमा जन्म लिएको युवा जस्ले विदेशमा रहेर आफनो मिहिनेत पसिनाले कमाउको केही अंश समाज सुधारमा लगाउनु अपराध हो ? यदी समाजमा रहेका दिन दुखी असाहय बेसाहारा दलित गरिव अनाथ बालबालिकालाई सहयोग गर्नु अपराध हो ? यदी यो समाजिक काम गर्नु अपराध हो भने मल्लले अपराध गरेका हुन अनि देशलाई खोक्रो पार्ने समाजमा विकासको नाममा भ्रष्टाचार गर्ने त्यो के हो ? भनेर स्थानियहरुले प्रति प्रश्न गरेका छन् ।

एउटा समाजेसेवी समाजमा रहेका पिडितलाई मलहम लगाउने कार्य गर्दै आएका समाजेसेवी व्यक्ती लाई किन यो समाजका केही व्यक्तिहरुले प्रपञ्च गर्दै होलान् ? के जनताहरु प्रपञ्च गर्ने व्यक्तीहरुको तानाशाह प्रबृती बिरुद्ध सडकमा नआउलान र ?

सम्बन्धित

Leave A Reply

Your email address will not be published.