महेन्द्रनगर । कैलालीको अत्तरिया बजारमा रहेको नेपाल कपी उद्योगले आफनो स्थापनाको दिनलाई सम्झेर बिद्यालयमा शैक्षिक सामग्रीहरु तथा फलफुलहरु वितरण गरेको छ । आफनो उद्योगले सफलता पूर्वक पाँच वर्ष पुरा गरेको अवसरमा गोदावरी नगरपालिका २ मा रहेको सदूरपश्चिम समावेशी आधारभुत बिद्यालयमा अध्ययन गर्ने ७० जना अपाङग भएका बिधार्थीहरुलाई कपी कलम, फलफुलहरु वितरण गरिएको उद्योगका संचालक अनिरुद्र जोशीले जानकारी दिएका छन् । सामाजिक दायित्व अन्र्तगत आफुले बिद्यालयमा सामग्रीहरु वितरण गरिएको उनले बताए । उक्त उद्योग २०७४ फागुन २४ गते स्थापना भएको थियो हाल उक्त उद्योगले सुदूरपश्चिमका नौ वटै जिल्लामा आफनो कपीहरु निर्यात गरिरहेको छ ।