सुदुर पश्चिम प्रदेशका सभामुख अर्जुन थापाले समाज रूपान्तरणमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका हुने गरेको बताउनुु भएको छ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) ले ९ औ विश्व रेडियो दिवस २०२० को अवसर पारेर आज मंगलबार धनगढीमा आयोजना गरेको रेडियो र विविधता सम्बन्धी अन्तरक्रियामा वोल्दै सभामुख थापाले जनताको सबै भन्दा सहज र सरल सञ्चार माध्यम रेडियो भएकाले भ्रामक सूचना प्रसारण गर्न नहुने बताउनुु भएको हो ।
उहाले रेडियो एफएम र टिभिलाई व्यवस्थापन गर्न बनेको विधेयकलाई प्रदेश सरकारले प्रदेश सभामा दर्ता गरिसकेको विषयलाई ठुलै रूपमा लिनै नहुने बताउनुु भएको छ ।
सरकारले ल्याएको विधेयक आउनु स्वाभाविक भएकाले सबैसंग छलफल नगरी विधेयक दर्ता नहुने समेत उहाले प्रतिबद्धता जनाउनुभयो । सरकारले अगाडी सारेको समृद्धिको यात्रामा सञ्चार माध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्दै सञ्चार माध्यमहरूको सरकार प्रतिको दृष्टिकोण सकारात्मक हुनुपर्ने सभामुख थापाले बताउनुु भयो ।
सञ्चार माध्यमले समाजमा नकारात्मक मात्रै नभएर सकारात्मक सन्देश पनि दिनुपर्नेमा उहाले जोड दिनुुभयो । पार्टिगत भन्दा सञ्चारमाध्यमले आफ्नो धर्म अनुुसार समाचार प्रकाशन प्रसारण गर्नुुपर्ने सभामुुख थापाले बताउनुुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष्ँी दल नेपाली काग्रेसका नेता डा. रण बहादुुर रावलले पनि प्रजातन्त्रको आगमन र जनमानसमा जनचेतना जगाउनका लागि सामुुदायिक रेडियोको भुुमिका अतुलनिय रहेको बताउनुुभयो ।
सुदुरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाले पनि सामुदायिक रेडियोले आदीवासी जनजातिका मुुद्धालाई उजागर गर्दै आएको बताउनुुभयो । सामुुदायिक रेडियो सदैव संस्कृति जोगाउनमा, पिछडिएका बर्गलाई अघि सार्न र आजाव विहिनहरुको आजाव बन्नुुपर्नेमा उहाले पनि जोड दिनुुभएको थियो ।
Comments are closed.