महेन्द्रनगर। डडेल्धुरामा एक वृद्धाले ९० वर्षपछि नागरिकता पाएकी छन् । जिल्लाको अमरगढी नगरपालिका–३, मरकट्टेकी अनिता विष्ट उमेरले ९० वसन्त काटेपछि नागरिकता पाएकी हुन् । दुईवटै आँखा नदेख्ने र कान पनि नसुन्ने विष्ट अशक्त हुन । प्रमुख जिल्ला अधिकारी विश्वनाथ न्यौपानेसहित प्रशासन कार्यालयको टोली बिहीबार उनको घरमै पुगेर नागरिकता दिएको हो । नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित छिन ।
Comments are closed.