कञ्चनपुर प्रशासन कार्यालयमा सेवा लिन टोकन लिनु पर्ने

महेन्द्रनगर । कञ्चनपुरको जिल्ला प्रशासन कार्यालयमा अबदेखी टोकन प्रणालीबाट सेवा प्रदान गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले बुधबार टोकन प्रणालीको उदघाटन गरेपछि सेवाको सुरुवात भएको हो । अहीले नागरिकता, नागरिकताको प्रतिलिपी, राष्ट्रिय पचियपत्र र राहदानीको लागि टोकन प्रणालीबाट सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिएका छन् ।

सेवाग्राहीको चाप, सेवाग्राहीलाई अगाढी पछाडी सेवा भयो अथवा पहिलो सेवाग्राही पछाडी पय्रो भन्ने बुझाईको पनि अन्त्य हुने तथा सेवाग्राहीहरुलाई भिडभाड गरेर लाईनमा बस्न नपर्ने व्यवस्था पनि हुने उनले बताए । अहलिे सबै भन्दा बढी चाप नागरिकता, नागरिकता प्रतिलिपी, राहदानी र राष्ट्रिय परिचय पत्रममा हुने भएकाले सेवाग्राहीको कार्यालयमा चापले सेवा प्रवाह चुस्तदुरुस्तका साथै सेवाग्राहीलाई नै समस्या हुने भएकाले लामो समय लाईनमा बस्न नपर्ने गरी टोकन प्रणाली लागु गरिएको प्रजिअ अर्यालले बताए ।

सेवाग्राहीलाई बुझनका लागि सहज होस भनेर नेपनली भाषामा लेखिएको डिस्प्लेमा आफुलाई प्रशासनबाट कुन सेवा लिने त्यही औँलाले थिच्ने अनि टोकन लिन मिल्ने व्यवस्था भएको उनले बताए । सोही अनुरुप आ–आफ्नो सेवा लिनुपर्ने कक्षमा गएर सेवा सहज ढङगबाट लिनेछन । साथै उक्त क्षेत्रमा कसैले टोकनको दुरुपयोग नगरोस भनेर दुरुपयोग रोक्न सिसिटिभी जडान गरेको उनले बताए ।

प्रशासनले टोकन प्रणाली संचालनमा ल्याएको सेवाग्राहीहरु खुसी भएका छन् । प्रशासनमा सेवा लिन आएका दोधारा चाँदनी नगरपालिकाका मोहन लालले यो टोकन प्रणालीले सहज हुने तथा लाईनमा बस्न नपर्ने र भनसुनका आधारमा छिटो काम गर्ने बिचौलियाको पनि अन्त्य हुने बताए । आफनो टोकन नम्वर आएपछि सेवा लिन जाने तथा सबैको समान तवरले सेवा पाउने व्यवस्था सराहनिय रहेको बताए ।

यस्तै वेदकोट नगरपालिका १ का बिरे बोहराले जसको पहुँच छ उसले मात्रै छिटो सेवा पाउने प्रवृद्धी हटने सबैले समान रुपमा आफनो पालोमा मात्रै सेवा पाउने भएपछि खुशी भएको बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.