प्रदेश सदस्य बहादुरसिंह थापा जनताको पिरमर्का बुझन् घरदैलोमा

महेन्द्रनगर । कञ्चनपुर जिल्ला क्षेत्र नम्वर २ अन्र्तगत भएका विकास र समस्याका बारेमा स्थलगत अनुगमन गरिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्वर १, २, ३ र १२ वडामा भएको विकास र समस्याको बारेमा सुदूरपश्चिम प्रदेश सभाका माननिय सदस्य बहादुरसिंह थापाले स्थलगत अनुगमन गरेका छन् ।

बुधवार स्थानिय जनप्रतिनिधी, सर्वसाधारणसहितको टोलीले उक्त क्षेत्रमा रहेका सम्पन्न भईसकेका तथा योजना सम्पन्न हुन बाँकी रहेका विकासका योजनाको श्थलगत निरिक्षण गरिएको उनका स्वकीय सचिव ज्ञानेश्वर जोशी जानकारी दिएका छन् । आगामी आर्थिक वर्षको पूर्व बजेटको तयारी भईरहँदा सभासद थापाले आफना क्षेत्रमा भएका समस्या योजना सम्पन्न हुन नसकेका योजनामा कसरी आर्थिक पाटोलाई जोडेर ति योजनाहरुलाई सम्पन्न गर्न सकिन्छ भन्ने उदेस्यका साथ श्थलगत अध्ययन गरिएको उनले बताए ।

यो स्थलगत अध्ययन भएपछि स्थानिय हर्षित भएका छन् । आफनो क्षेत्रमा भईरहेका योजना तथा समस्याको जानकारी लिनको लागि जनप्रतिनिधी घरदैलोमा आएपछि स्थानियहरुले आफना समस्या निर्धक्क राख्न पाएपछि खुशी भएको स्थानिय शुक्लाफाँटा नगरपालिका १२ का स्थानिय केशब पाण्डेयले जानकारी दिएका छन् ।

योजनासंग मात्रै रहेर स्थलगत अध्ययन नभएर आम जनता सर्वसाधारणहरु संग पनि उनिहरुको समस्या र अनिवार्य आवस्यक्ताका विषयमा पनि सर्वसधारणसंग भेट गरी छलफल गरेका छन् । साथै उक्त क्षेत्रमा रहेको सुनवरा नदी, स्याली नदी, तिल्की नदीले हुने कटान बाढी लगायतका समस्यामा पनि आफुले थप पहल गर्ने र समस्याको समाधान गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

सम्बन्धित

Comments are closed.