नेपालले कुवेतलाई दियो २ सय ८२ रनको लक्ष्य

महेन्द्रनगर । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपालले कुवेतलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । त्रिवी क्रिकेट मैदानमा पानी परेर ४२ ओभरमा झारिएको खेलमा नेपालले ९ विकेट गुमाएर २ सय ८१ रन बनाएपछि कुवेतले २ सय ८२ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ९४ रन बनाए । यस्तै, कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् ।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २र२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो । अब दुवै टोलीले ४२र४२ ओभरको खेल खेल्नेछन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.