महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध र नगदसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपलिका–१८ सालघारीबाट लागूऔषध र नगदसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । करिब दुई ग्राम ९१ मिलिग्राम लागुऔषध र नगद ३२ हजार ६ सय ३५ रूपैयाँ र तीन थान मोबाइलसहित दुई जनालाई बिहीबार दिउँसो पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
भीमदत्त नगरपालिका–१८ का २७ वर्षीय कमलेश गिरी र २३ वर्षीय पंकज चन्द पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषध, मोबाइल र नगदसहित उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
Comments are closed.