महेन्द्रनगर । डडेल्धुरामा समाजसेवी विनय प्रकाश मल्लको स्वतन्त्र युवा टिमले बिरोध य्राली सहित जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार दिउँसो ३ बजे टुडीखेल देखी बागबजार ,स्याउले ,किर्तीपुर हुँदै जिल्ला प्रशासन कार्यालय सम्म मोटर साईकल य्राली निकालेको हो ।
शिब सिखर सहकारी संस्थाले स्थानीय जनताहरु बाट करौंड पैसा उठाई पटक पटक अनुरोध गर्दा पनि हाल सम्म फिर्ता नगरेको बिरोधमा तथा नेपाली हरुलाई नक्कली भुटानी शरणार्थी बन्न बाध्य बनाउँने दोषीलाई कडा भन्दा कडा कारबाही होस् भन्ने माग सहित मोटर साईकल य्राली निकालिएको आयोजक विनय प्रकास मल्लको तर्फबाट संयोजक भएका खगेन्द्र ठकुराठीले बताए ।
समाजसेवी मल्लले डडेल्धुराका सोझासाझा जनतलाई ठगेर उनिहरुको रकम खाएको सहकारीले यथासिघ्र सबै जनताको रकम फिर्ता गर्नुपर्ने बताए । साथै नेपालको अन्तराष्ट्रिय स्तरमा नेपालको बेईज्जत हुने काण्ड भुटानी शरणार्थी प्रकरणमा अपराधीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने उनले माग अघि सारेका छन् । विनय प्रकाश मल्ल अहिले जापानमा रहेका छन् तरपनि डडेल्धुरामा युवाहरुले मल्ललाई साथ दिई रहेका छन् । आज पनि २ सय युवाहरुले उक्त मोटरसाईकल य्रालीमा सहभागिता जनाएका थिए ।
मोटरसाईकल य्राली भीमदत्त चोकमा आएर कोण सभामा परीणत भएको थियो । सहकारीले डडेल्धुरामा करिब ४० करोड रुपियाँ निक्षेप संकलन गरेको छ । तर लगानी भने करिब अढाई करोड रुपियाँ मात्रै गरेको छ । निक्षेपको ७० प्रतिशत रकम स्थानीय स्तरमा लगानी गर्नु पर्ने बित्तिय नियम छ । तर यो सहकारीले भने यसो गरेको पाईएको छैन । यसका बचत कर्ताको संख्या डडेल्धुरामा ६ हजार बढी रहेको छ । समाजसेवी मल्लले डडेल्धुरा लगायत अन्य जिल्लामा समाजमा रहेका विपन्न परिवार, एकल महिला, दलित अनाथ बालबालिका, बिभिन्न बिधालयमा शैक्षिक सामग्री, अक्षय कोषको स्थापना, मठमन्दिर निर्माण लगायतको क्षेत्रमा १ करोड बढी सहयोग गरि सकेका छन् ।
डडेल्धुराका महिला पुरुष बालबालिका जो कोहीपनि समस्यामा परेको सुन्ना साथ केही न केही सहयोग गर्दै आएका छन् । त्यती मात्रै होईन डडेल्धुराका स्थानिय अन्यत्र जिल्लामा पनि समस्यामा परेको थाहा पाउँना साथ उनले विदेश बाटै सहयोग गरेका छन् । जतीलाई उनलाई सहयोग गरेका छन सबैले उनलाई आर्शिवाद दिएका छन् । मन मुटुमा राखेका छन् र कतिपय ठाँउमा उनलाई देशका नेता तथा जनप्रतिनिधी भन्दा बढी खोजि गरिएको पनि पाईएको छ । केही समस्या हुँदा विनय छदै छनी के को चिन्ता भन्ने सम्म भनिएको पाईएको डडेल्धुराका स्थानियको भनाई रहेको छ ।
जिल्लालाई आवस्यक पर्ने यस्ता होनहार युवालाई हामी सबैले आफनो आँखामा राख्नु पर्ने त्यँहाका स्थानियले आभाष गरेका छन् । आफनो समस्यामा पहिलो नाम भनेकै मल्ल पर्ने गरेको कतिपय पालिकाका दिनदुखी गरिब दलितहरुले भन्ने गरेका छन् । यस्तो दुरदृष्टि भएका आफनो जन्म भुमी प्रती प्रगाडा माया, सदभाव, सम्मान बोकेको एउटा युवालाई सबैले साथ र सहयोग गर्नु पर्ने अवस्था रहेको छ ।
Comments are closed.