ज्येष्ठ नागरिकलाइ निःशुल्क स्वास्थ्य सेवा दिने अभियान सञ्चालन

डोटीको शिखर नगरपालिकाले आफ्ना सबै वडामा रहेका ज्येष्ठ नागरिकलाइ निःशुल्क स्वास्थ्य सेवा दिने अभियान सञ्चालन गरेको छ ।

ज्येष्ठ नागरिकको सामान्य उपचारका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता घटाउने उद्देश्यले नगरपालिकाले निःशुल्क शिविर सञ्चालनमा ल्याएको नगर प्रमुख सिताराम जोशीले बताउनु भयो ।

अभियान अन्तर्गत स्वास्थ्यकर्मीहरुको टोली अहिले घर घरमा गएर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेका शिखर नगरपालिका वडा नम्बर २, कालागाडका स्थानीय चेतबहादुर बोगटीले बताउनुभयो ।

नगरपालिकाले सञ्चालन गरेको शिविरमा ज्वरो, रुघाखोकी, मधुमेह, पक्षाघात, ह्दयाघात, मिर्गाैलालगायतको जाँच र उपचार निःशुल्क हुने शिखर नगरपालिका स्वास्थ्य इकाइ प्रमुख हरिष शाहले बताउनु भयो ।

उहाले निःशुल्क शिविरमा सबै बिरामीको परीक्षण गरिने र जटिल खालको समस्या देखिए जिल्ला अस्पताल डोटीलगायत अन्य जिल्ला बाहिरका अस्पतालमा उपचारका लागि पठाइने बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.