आत्मा अशान्तै

आत्मा त्यो नवराजको अनि ती साथीको सहादात नि
हत्यारा जसरी भए ती बलिया आत्मा अशान्तै छ नि
चक्रव्युह रचेर दुष्टजनले मार्दा नि मुक्तै भए
शंका लागिरहेछ आखिर तिरै निस्सा लुकाई दिए

वर्णवाद छ है जहाँ जातको कहर हुने निश्चित
खेलाँची हुन लाग्छ नश्लिय अहंकार प्रथा नज्दिक
पेसा हो पद उच्च त्यो अति चिकित्सा भइदियो जातीय
बाकी को छ यहाँ कठै सहजले विश्वास गर्ने रहे

मुक्तै पो गरिए ती जो हुन धरौटी र तारेखमा
अर्थानेक भयो सनाखत विवादै गर्न काफी यहाँ
हत्याको अति घोर यो प्रकरणैका योजनाकार ती
पापीले छुट पाउँदा नि किन हेर्ने हो क्रूरै भो अति

यो हाम्रो सरकार हेर कसरी हाम्रो हुने हो भन
तानासाह भनेर हेर विगतैको छोडियो शासन
यस्तो छल गर्न हिम्मत कहाँ पायौ नि हे मानव
बोल्छौ जे पनि चोट लाउन सधैँ होच्याउने आदत

अंगीरा अनि शम्भु सदा पनि जातैको प्रथामा परे
हत्या गर्छन् है पहिले अनि आफै हो मरेको अरे
कात्रो मात्र भयो विकल्प अब लौ सम्मान चाहिन्छ है
विद्रोही हुन बोल बोल बलियो आवाजले बोल है।।

सम्बन्धित

Comments are closed.