महेन्द्रनगर । अब कञ्चनपुरको महेन्द्रनगरमा विसुद्ध रुपमा गुरुकुल ईन्टरनेशनल स्कुलले माध्यामिक तहकै होटल म्यानेजमेन्ट पढाई संचालन गर्ने भएको छ । भीमदत्त नगरपालिका २ भाँसी महेन्द्रनगरमा रहेको गुरुकुल ईन्टरनेशनल स्कुलले साविक प्लस टु मावि तहकै होटल म्यानेजमेन्ट पढाई संचालन गर्ने भएको हो ।
गुरुकुल ईन्टरनेशनल स्कुलका कार्यकारी निर्देशक खेमलाल घिमिरेले सीप विकास केन्द्रीत शिक्षा प्रदान गर्दै मावि स्तरका होटल म्यानेजमेन्ट, व्यवस्थापनदेखि कानुन संकायका विषय पढाउँदै दक्ष जनशक्ति उत्पादन गरिने बताए । होटल म्यानेजमेन्ट, जनरल म्यानेजमेन्ट लका लागि दक्ष जनशक्ति रहेको बताए ।
भविष्यमा बिएचएमका कक्षा संचालन गर्ने लक्ष्य अघि सारिएको छ । कार्यकारी निर्देशक घिमिरेले अन्र्तराष्ट्रिय मापदण्ड अनुरुप पठन पाठन गरिने भएपछि यस क्षेत्रका सो विषय अध्ययन गर्न चाहने विद्यार्थीले अन्यन्त्र जानुपर्ने अवस्था बाध्यता हट्ने बताए । गुरुकुल ईन्टरनेशनल स्कुल व्यवस्थापन समितिका अध्यक्ष ललित ब.मल्ल सहितका संचालकले सीपयुक्त व्यवसायिक जिवनका काम लाग्ने शिक्षा प्रदान गरिने प्रतिबद्धता जाहेर गरेका छन ।
आफ्नै सुविधासम्पन्न आधुनिक भवन, प्रर्याप्त खेलकुद मैदान सहित चालु शैक्षिक सत्र ०८०देखि विद्यालयले भर्ना शुरु गर्ने भएको छ । फारवेष्ट एजुकेशन फाउण्डेशनद्वारा संचालित गुरुकुल ईन्टरनेशनल स्कुलले जिल्लामै पहिलो पटक माध्यामिक तहको कक्षा संचालन गर्ने भएको छ । अन्र्तराष्ट्रिय बजारमा मागका आधारमा सीपयुक्त जनशक्ति उत्पादन गर्ने उदेश्यले विद्यालयले चालु शैक्षिक सत्रमा होटल म्यानेजमेन्ट, जनरल म्यानेजमेन्ट र जनरल ल विषय पठन पाठन गराउने भएको छ ।
गुरुकुल ईन्टरनेशनल स्कुलका कोडिनेटर प्रमोद श्रेष्ठले एकेडेमीक लेबल अनुरुप पठनपठान हुने बताए । उनले विद्यालयकै आफ्नै ल्याब, रेष्टुरेन्ट, हुने भएकाले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका साथै अभ्यासका लागि बाहिर नपठाउने बताए । ल्याब सहित विद्यालयमा प्रर्याप्त क्रिकेट एव फुलबल मैदान समेत हुनेछ ।
‘हाम्रो कुनै ईन्सिच्युट होईन, ‘उनले भने, ‘यो त नितान्त स्कुल हो, स्कुलकै कोर्ष अनुरुप पठन पाठन गर्ने गराउँछौँ ।’ विद्यालयले सहुलियत शुल्कमा विद्यार्थीलाई गुणस्तरिय ढङगबाट पठाउनेछ । एसईई दिएपछि के विषय पढने अन्यौलमा परेका विद्यार्थीलाई समेत १६ असारमा अभिमुकिरण गराईने छ ।
Comments are closed.