सरकारले हलिया मुक्त घोषणा गरेको एक दशक बित्दापनी सुदूरपश्चिम प्रदेशका हलियाहरुको पूर्ण रुपमा पूनस्थापना हुन सकेको छैन ।
सरकारी तथ्याङ्क अनुसार १४ हजार ६ सय ३० हलियाहरुमध्ये अझै पनि ४ हजार भन्दा बढी पूनस्थापना हुन सकेका छैनन् ।
कैलालीको धनगढीमा भएको राष्ट्रिय मुक्त हलिया समाज महासंघको १० औ बार्षिक साधारण सभामा सहभागी मुक्त हलियाहरुले सरकारले हलिया मुत्तीको औपचारीक घोषणा गरेपनि हाल सम्म आफुहरु पूर्ण रुपमा पूनस्थापन हुन नसकेको गुनासो गरेका छन् ।
सरकारले गत बर्ष हलिया पूनस्थापनाका लागी बजेट छुट्टाए पनि यो बर्ष भने बजेट सम्म नछुटटाएको उनीहरुको दुखेसो छ । औपचारीक घोषणाको एक दशक सम्म पनि अधिकासं मुक्त हलियाहरुको पुर्नस्थापना हुन नसकेको बैतडीको दशरथचन्द नगरपालीका वडा नम्बर ६ का हिराराम महरले बताउनुुभयो ।
सरकारले मुक्तघोषणा गरे लगत्तै पूनस्थापनाका लागी हलियाहरुको तथ्याङ्क संकलन सुरु गरेको भएपनि त्यो सरकारी तथ्याङ्कमा बास्तविक हलियाहरु छुटेकाले घोषणाको दशक बित्दापनि पूनस्थापना हुन नसकिरहेको उहाको भनाई छ ।
बैतडीका मुक्तहलिया बिरा ओडले सरकारले हलियाहरुसँग गरिएको सम्झौता कार्यान्वयन नगरेको बताउनुु भएको छ । सरकारले हलिया पुनस्थापनाको ग्यारेण्टी लिनुपर्ने उहाँको भनाई छ ।
जिल्ला हलिया मुक्ती समाज बैतडीका अध्यक्ष रमेश कोलीले सरकारी तथ्याङ्कमा समेटीएका हलियाहरु नै पूनस्थापनबाट छु्टेको बताउनुभयो । उहाँले हलियाको नयाँ तथ्याङ्क संकलन गरी प्रभावकारी ढंगले पूनस्थापनको काम गरिनुपर्ने बताउनुभयो ।