महेन्द्रनगर ।क्रिकेटर सन्दीप लामिछानेको जबरजस्ती करणीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित किशोरीलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने निर्णय सुनाएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाश प्रसाद पण्डितको एकल इजलासले सोमबार पीडितलाई क्षतिपूर्ति दिन आदेश गरेको हो । सरकारको राहत कोषबाट सो रकम उपलब्ध गराउन अदालतले भनेको छ ।
सन्दीपले एक बालिकामाथि जबरजस्ती करणीको आरोपमा मुद्दा चलेको हो । सन्दीप २०७९ भदौ ५ गते गौशालास्थित एक होटेलमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।
Comments are closed.