जडिबुटी अनुसन्धान केन्द्र स्थापनाका लागि तयारी शुरु

सुदूरपश्चिममा रहेको जडिबुटीलाई यसै प्रदेशमा प्रशोधन गरी प्रयोगमा ल्याउनका लागी विशिष्ट जडिबुटी अनुसन्धान केन्द्र स्थापनाका लागि तयारी थालिएको छ । सुदूरपश्चिममा २ बर्ष अघि जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा आएपनि बिज्ञ तथा जनशक्ती अभावमा त्यसले कुनै काम गर्न सकेको छैन ।

अब नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठानले जडिबुटी प्रसोधन केन्द्र स्थापनाका लागी पहल थालेको छ । प्रतिस्ठानले सुदूरपश्चिममा जडिबुटी प्रसोधन केन्द्र स्थापना गरी यस प्रदेशमा रहेको जडिबुटीको सदुपयोग गर्ने योजना अघी बढाएको छ ।

जडिबुटीकै प्रयोग गरी जंगलमा बस्ने श्रृषीमुनीहरु बषौँसम्म बाँचेका इतिहाँस स्मरण गर्दै प्रतिस्ठानले सो योजना अघी सारेको हो ।

देशका ७ वटै प्रदेशमध्ये सबैभन्दा बढी जडिबुटी रहेको सुदूरपश्चिममा जडिबुटी प्रसोधन केन्द्र स्थापना भए रोजगारीको श्रृजना संगै आर्थिक लाभपनि लिन सकिने जनाइएको छ । सुदूरपश्चिम र मध्यपश्चिममा मात्रै देशभरको तुलनामा ८० प्रतिशत जडिबुटी संकलन हुने अनुमान गरिएको छ ।

सुदूरपश्चिममा जडिबुटी प्रसोधन केन्द्र अती आवश्यक रहेकाले यसको स्थापनाका लागी छलफल थालिएको नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिस्ठानका निर्देशक श्रृषी शाहले बताउनु भयो । प्रतिस्ठान स्थापनाका लागी प्रदेश तथा स्थानिय सरकारहरुको सहयोग आवश्यक रहेको शाहले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशमा अनुसन्धान केन्द्र स्थापनाका लागी बिगतबाटै पहल शुरु भएपनि हालसम्म स्थापना हुन नसकेको हो । सामान्य अनुसन्धान केन्द्र स्थापना भएपनि त्यसले प्रभावकारी काम गर्न सकिरहेको थिएन ।

अब विशिष्ट अनुसन्धान केन्द्र स्थापनाका लागी भएको यो प्रयास सफल हुने अनुसन्धान बिज्ञ राजेन्द्र सिहं रावलले बताउनु भयो । बिगतमा केन्द्र सरकारसंग गुहारिराख्नुपर्ने बाध्यता अब हटेकाले अनुसन्धान केन्द्रका लागी प्रदेश र स्थानिय तहसंग समन्वय गर्नुपर्नेमा उहाले जोड दिनु भयो ।

जडिबुटीहरु नेपालबाट बाह्य देशमा निर्यात भएपनि नेपालले त्यसबाट आवश्यक लाभ लिन नसकेको उहाले बताउनु भयो । प्रतिस्ठान स्थापना भएसंगै नेपालले यसबाट धेरै लाभ लिन सक्ने उहाको भनाई छ ।

यस प्रदेशमा स्थापनाका लागी तयारी थालेको बिशिष्ट अनुसन्धान केन्द्रका लागी प्रदेशले आवश्यक सहयोग गर्ने सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदीले बताउनु भयो ।

प्रदेशले बिभिन्न कार्यक्रमहरु ल्याएपनि बिशेषज्ञकै अभावमा कार्यक्रम कार्यान्वयन गर्न नसकिरहेको मन्त्री सुवेदीले बताउनु भयो । मन्त्री सुवेदीले गत बर्ष ९ वटै जिल्लामा जडिबुटीको सम्भावना बारे अनुसन्धान गरिएको समेत जानकारी दिनु भयो ।

कैलालीको गौरिगंगा नगरपालिका ६ मा हर्बल गार्डन निर्माण प्रक्रिया समेत प्रदेश सरकारले थालेको उहाले बताउनु भयो । मन्त्री सुवेदीले यस्ता विकास र प्रदेशको सम्बृद्धी हुने बिषयमा मन्त्रालय तथा प्रदेश सरकार कुनै कसुर बाँकी नराखेर सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.