कञ्चनपुरको वेदकोट नगरपालिकाले छाडाचौपायाहरुको व्यवस्थापन गर्नका लागि पहल गरि रहेको जनाएको छ । दुई पटक अल्पकालिन रुपमा छाडा चौपायको व्यवस्थापन गर्ने भन्दै छाडा चौपायाहरुलाई बाहिर पठाइएको भएपनि दीर्घकालीन रुपमा छाडाचौपायाको व्यवस्थापन गर्न गौशाला निर्माणलाई नगरपालिकाले प्राथमिकता दिएको नगरपालिकाले जनाएको हो ।
छाडा चौपायाको व्यवस्थापन गर्न वेदकोट नगरपालिकाको वडा नम्बर १ मा नगर स्तरीय गौशाला निर्माण गर्ने योजना रहेको वेदकोट नगरपालिकाका सुचना अधिकारी शंकर भट्टले बताउनु भयो ।
उहाका अनुसार वेदकोट नगरपालिकाले अल्पकालिन रुपमा छाडाचौपायाको व्यवस्थापन गर्न बाहिर पठाइएको भएपनि दीर्घकालिन व्यवस्थापनका लागि नगरपालिकाका प्रत्येक वडामा गौशाला निर्माण गर्ने योजना अनुसार एक वडा एक गौशाला निर्माणका लागि चालु आर्थिक वर्ष २०७६÷७७ मा प्रति वडा रु. १० लाख बजेट विनियोजन गरिएको छ ।
केही समय पहिले मात्रै दोस्रो पटक नगरपालिकामा रहेका छाडा चौपायाहरु बाहिर पठाइएकाले अहिले सडकमा असहज अवस्था नरहेको वेदकोट नगरपालिकाले दाबी गरेको छ ।
नगरपालिकाले अल्पकालिन रुपमा छाडाचौपायालाई बाहिर पठाएर मात्रै समस्याको दिगो समाधान नहुने भएकाले योजनावद्ध रुपमा छाडाचौपायाको व्यवस्थापन गर्न आवश्यक रहेको सरोकारवालाहरुको भनाई छ ।
Comments are closed.