कञ्चनपुर जिल्ला तेक्वान्दो संघद्धारा उदघाटन तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुर जिल्ला तेक्वान्दो संघले उदघाटन तथा ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिका ७ गौजीमा रहेको अमरज्योती बोर्डिङ स्कुलमा शनिवार एक कार्यक्रमको आयोजना गर्दै आफनो शाखा विस्तार गरेको हो । उक्त कार्यक्रममा सहभागी ७० जना खेलाडहिरुलाई ग्रेडिङ अनुसार प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

खेलकुदको माध्यमबाट विद्यार्थीहरुलाई चुस्त दुरुस्त राख्न उनिहरुको स्वास्थ्यलाई स्वस्थ्य राख्ने उद्धेश्यका साथमा कार्यक्रमको आयोजना गरिएको विशिष्ट अतिथी एवम जिल्ला तेक्वान्दो संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले बताए । खेलकुदले स्वस्थ्य शरिरको निर्माण गर्ने सिकेको सिप कला कौशलले स्वयम खेलाडीलाई पनि फाईदा हुने उनले बताए । जिल्ला खेलकुद विकास समितीले जिल्लामा २१ स्थानमा तेक्वान्दो डोजाङको शाखा खोलेको जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख गोपाल दत्त भट्टले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका उपमेयर तुलसी जोशीले खेलकुदले देशको नाम अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने अनुसासन सिकाउने र आफनो स्वास्थ्यलाई स्वस्थय राख्न मद्धत गर्ने बताईन् । राज्यले खेलकुद र खेलाडीहरुको विकासमा विषेश धयान दिनु पर्ने उनले बताईन् । साथै आफुले खेलकुदका लागी खेलकुदलाई अगाढी बढाउन र यसको विकासका लागी हरदम तैयार र आवस्यक सहयोग गर्ने प्रतिवद्धता जोहर गरिन् । स्थानिय सरकारले यसलाई अझ शसक्त बनाउन सक्रिय रहने बताईन् ।

उक्त कार्यक्रमको सभापतीमा अमर ज्योती विद्या निकेतनका प्रिन्सीपल हरीसिंह खत्री रहेका थिए भने, विशिष्ट अतिथीमा समाजसेवी पुष्पराज भट्टरहेका थिए । जिल्ला खेलकुद विकास समितीका सचिव गोविन्द थापाले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित

Comments are closed.