थरुहट थारुवान राष्ट्रिय मोर्चाले आव्हान गरेको दुईदिने आमहडतालको प्रभाव कञ्चनपुरमा आंशिक रुपमा परेको छ । जिल्लाका मुख्य बजार, बैंक वित्तीय संस्था पुर्ण रुपमा खुलेका थिए । लामो दूरीको यातायात सेवा बन्द रहे पनि छोटो दूरीका सवारी साधन भने सञ्चालन भएका थिए । शैक्षिक संस्थाहरु प्राय बन्दै नै रहेका थिए । तर केही संस्थागत विद्यालयहरु भने सुचारु नै रहेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले कञ्चनपुरको अवस्था सामान्य रहेको बताउनु भयो । ठाउँ ठाउँमा प्रहरी परिचालन गरीएको बताउदै उहाले सुरक्षा व्यवस्था चुस्त दुरुस्त हुँदा अपृय घटना नभएका बताउनु भयो । टिकापुर घटनामा संलग्नताको आरोप लगाउँदै कारागारमा राखिएका सांसद रेशम चौधरी लगायतको रिहाईको मागसहति १४ बुँदे माग अघि सार्दै मोर्चाले आमहडताल आब्हान गरेको छ । फागुन २० र २१ गते आव्हान गरिएको आमहडतालका क्रममा दमकल,पत्रकार, एम्बुलेन्स, दूध बोक्ने सवारी साधन, सुरक्षा निकाय, औषधि,पर्यटक, मानव अधिकारकर्मी, कुटनीतिक नियोगका सवारी साधन निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । कैलालीमा पनि बन्दको आशिंक प्रभाव परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Comments are closed.