भीनपा १२ ऐरीमा क्रिकेट प्रतियोगिता हुने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १२ मा क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । भीमदत्त नगरपालिका वडा नम्बर १२ ऐरीमा अन्तर वडा स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको हो।१२ को आयोजना एव बैजनाथ युवा जनसेवा समितिको प्राविधिक सहयोगमा असोजको अन्तिम सातादेखि पाँचौ अन्तर वडा स्तरिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको भीमदत्त नगरपालिका १२ का वडाध्यक्ष भुपेन्द्र रावलले बताए ।

अन्तर वडा स्तरिय क्रिकेट प्रतियोगिताका माध्यामबाट राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको बताए । ‘वडास्तरीय प्रतियोगिताको माध्यमबाट राष्ट्रिय, अन्तराष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्य हो,’ वडा अध्यक्ष रावले भने ‘अर्को उदेश्य भनेको नगरपालिकामा सामाजिकीकरण पनि गर्न खोजेका हौँ।’ उनले वडाबाट सास्कृतिक, खेलकुदको प्रबद्धन तथा विकासको लागि ३ लाख बजेट रहेकोमा प्रतियोगितामा दुई लाख रकम खर्च गर्ने गरिने बताए ।

तर प्रतियोगिताको खर्च अनुमान भने ६ लाख जति गरिएको छ । भीमदत्त नगरपालिका १२ का वडा सदस्य नर बहादुर साउदले विगतका बर्षहरु झै यस बर्षपनि क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । ‘हामीले मुख्य गरेर स्थानीय स्तरमा प्रतियोगिता राखेर क्रिकेटका खेलाडी उत्पादन गर्ने लक्ष्य अघि सारेका छौँ, ‘उनले भने, ‘यस पटक भीमदत्त नगरकै प्रमुख मार्फत आग्रह गरेर क्रिकेट मैदान स्तरोन्नती गर्न खोजेका छौँ ।

’बैजनाथ युवा जनसेवा समितिका अध्यक्ष अशोक बुढापालले प्रतियोगिता थप स्तरिय बनाईने बताए । उनका अनुसार सहभागिताका लागि पालिकाका १९वटै वडाहरुमा पत्राचार गरिएको छ । ‘हामीले टिम सहभागिताका लागि भीमदत्त नगरका सबै वडाहरुमा यस अघि नै पत्राचार गरिसकेका छौँ,

‘उनले भने, ‘टिम आउनेक्रम जारी छ ।’बिजेता टिमलाई १ लाख, ५१ हजार १ सय ११ रुपैया, उपविजेता टिमले ७७ हजार, ७ सय ७७ रुपैया सहित ट्रफिमेडल, प्रमाण दिईने आयोजकले जानकारी दिएको छ । उत्कृष्ठ खेलाडीलाई विभिन्न विद्यामा समेत पुरस्कार दिईनेछ ।

अध्यक्ष रावलका अनुसार खेलाडी उत्पादन गर्दै क्रिकेटको बृद्धि विकास गरिनेछ । पूर्णा उच्च माध्यामिक विद्यालयका प्रद्यानाध्यापक धनीदत्त पन्तले क्रिकेट प्रतियोगिताले खेल क्षेत्र अवसर र आयाम थपिदिएको बताए । प्रतियोगिता भीमदत्त नगरपालिका मेयर पदम बोगटीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

सम्बन्धित

Comments are closed.