भीमदत्त ईको पार्क सरसफाई अभियानमा लियो क्लबहरुको बृहत सहभागीता

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित ईको पार्क सरसफाई अभियानमा लियो क्लबहरुले सहभागीता जनाएका छन् । भीमदत्त–१८ को वडा कार्यालयले सुरु गरेको सरसफाई अभियानमा शनिबार लियो क्लबहरुको बृहत सहभागीता रहेका हुन् ।


लियो जिल्ला परिषद ३२५ एन को दोस्रो पदस्थापन तथा पहिलो काउन्सिल बैठकका लागि महेन्द्रनगर पुगेका लियो क्लबहरुले ईको पार्कमा सरसफाई गरेका हुन् । बैठकमा दाङ, सुर्खेत, नेपालगञ्ज, लम्की र धनगढीका लियो पदाधिकारी तथा सखस्यहरु महेन्द्रनगर पुगेका थिए । सोही अवसरमा सामाजिक कार्यमा सक्रिय लियोहरुले सरसफाई अभियानलाई सहयोग गरेका हुन् ।
लियो जिल्ला परिषद् ३२५ एन का अध्यक्ष विवेक श्रेष्ठले संस्थाको बैठकका लागि महेन्द्रनगर पुगेको अवसरमा वडासँगको समन्वयमा पार्क सरसफाई गरिएको बताए । उनका अनुसार कार्यक्रम सुरु हुनुपुर्व सरसफाई अभियानमा लियोले सहभागीता जनाएको हो ।
त्यस्तै भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटाले वडाको सरसफाई अभियानमा युवाहरुको सहभागीताका लागि धन्यवाद दिए । उनले हरेक शनिबार ईको पार्कमा बृहत रुपमा सरसफाई गर्ने वडाको योजना रहेको बताए । उक्त अभियानमा स्थानीयले सहयोग गदैँ आईरहेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.